९ चैत्र २०७९, बिहीबार

BANKING

बैंकिंग

सानिमा बैंकले आइएफसीबाट ल्यायो दुई करोड डलर ऋण

सानिमा बैंकले आइएफसीबाट ल्यायो दुई करोड डलर ऋण

काठमाडौं, साउन २६ गते । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्न केही सहजता हुने धारणा व्यक्त गर्नुभयो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम प्राप्त गरी बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पङ्क्तिमा आफूलाई उभ्याएको बताउनुभयो । “सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनःरुत्था...
डलरको बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा

डलरको बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा

नेपाल राष्ट्र बैंकले आइतबारका लागि डलरको नेपाली बजारमा बिक्री मूल्य १२५ रुपैयाँ ६६ पैसा तोकेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ केही समय देखि हालसम्मकै बलियो बन्दै गएपछि त्यसको असर अर्थतन्त्तमा देखिन थालेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो । राज्यको ठूलो धनराशी अयातमा खर्च हुनेभएकाले डलरको महँगीले शोधानान्तर घाटालाई थप बल पु¥याउने द...
हालसम्मकै मजबुत अवस्थामा डलर,नेपाली रुपैयाँ इतिहासकै कमजोर

हालसम्मकै मजबुत अवस्थामा डलर,नेपाली रुपैयाँ इतिहासकै कमजोर

३० जेष्ठ । डलरको बिक्री मूल्यले नयाँ उचाई छोएसंगै नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।नेपाल राष्ट्र बैंकले सोमबारका लागि डलरको बिक्री मूल्य १२४ रुपैयाँ ८४ पैसा तोकेको छ । जुन हालसम्मै उच्च हो । यस अघि गत २६ जेठमा डलरको बिक्री मूल्य १२४ रुपैयाँ ८० पैसिा थियो । नेपाली रुपैयाँको तुलनामा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै बलियो बनेपछि यसको असर अर्थतन्त्रको चौतर्फी देखा पर्नसक्ने चिन्दा विज्ञको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विन...
असारमा बैंक ब्याजदरबारे निर्णय आज

असारमा बैंक ब्याजदरबारे निर्णय आज

३० जेठ,काठमाडौं ।वाणिज्य बैंकहरूको ब्याजदरबारे आज बैंकहरु छलफल गदैंछन् । नेपाल बैंकर्स एशोसिएसनका सदस्यहरु बीच भएको अनौपचारिक छलफलमा आगामी असारमा पनि ब्याजदर नबढाउने प्रारम्भिक सहमति भएको एक बैंकरले बताए । तर, यसबारे निर्णय भने सोमबार बस्ने एशोसिएसनको बैठकले निर्णय गर्नेछ । अहिले वाणिज्य बैंक्हरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइ रहेका छन् । ...
मौद्रिक नीतिपछि तरलता अभावको समस्या हट्छ -अर्थमन्त्री

मौद्रिक नीतिपछि तरलता अभावको समस्या हट्छ -अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिपछि तरलता अभावको समस्या हट्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावलाई असर गरिरहेको नीतिगत व्यवस्थालाई मौद्रिक नीतिले सुधार्ने बताए ।‘अहिले तरलता अभावमा केही नीतिगत कुराले पनि असर गरेको छ,’ शर्माले भने, ‘मौद्रिक नीतिले मिल्नेसम्मका व्यवस्था सुधार गर्नेछ।’ ...
इमेल, फोन र फ्याक्सबाट पठाउन सकिन्छ मौद्रिक नीतिमा सुझाव

इमेल, फोन र फ्याक्सबाट पठाउन सकिन्छ मौद्रिक नीतिमा सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालबाट इमेल, फोन र फ्याक्सबाट पठाउन सकिने गरी सुझाव मागेको हो । सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिने भएको छ । ०१–४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल सरकारले ल्याएको बजेटका लक्ष्यहरु कायम गर्ने गरी हरेक वर्ष मौद्रिक नीति ल्याउने गर्छ । ...
सञ्चालकको मनपरी लगानीले सहकारी क्षेत्र नै बदनाम

सञ्चालकको मनपरी लगानीले सहकारी क्षेत्र नै बदनाम

सहकारी संस्थाका केही सञ्चालकहरुले व्यक्ति अनुकुल मनपरी लगानी गरेका कारण सहकारी क्षेत्र नै बदनाम भएको अध्ययनले निष्कर्ष निकालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बिहीबार समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा सहकारी संस्थाहरु खराब अवस्था पुग्नुमा संस्थाका सञ्चालकहरु नै प्रमुख कारण रहेको निष्कर्श निकालिएको छ । समितिले निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्त विपरीत कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वभाविक बढी मुल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको प्रतिवेदनले देखाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु...
बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता

बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच बिहीबार १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो मर्जर सम्झौता बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता हो ।यस अघि बीमा कम्पनीहरु बीच मर्जरको गर्ने विषय चर्चामा रहेपनि प्रक्रियाले मुर्त रुप पाएको थिएन । बीमा समितिले ल्याएको पूँजी वृद्धिको योजनाअनुसार अघि बढेको मर्जरपछि यी कम्पनीको पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्ने छ । अहिले हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको मूनाफाबाट बोनस सेयर दिए पछि भने बीमा समितिले तोके अनुसारको पूँजी पुग्नेछ । ...
सनराइज बैंकमा शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सनराइज बैंकमा शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले “अन्तर बैंक रकमान्तर सुविधा” लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सनराइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् । साथै सनराइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ्ग प्रतिनिधि मार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउ...
नीतिगत व्यवस्थाका कारण अर्थतन्त्रको बाह्य क्षेत्र व्यवस्थापनमा सुधार : गभर्नर अधिकारी

नीतिगत व्यवस्थाका कारण अर्थतन्त्रको बाह्य क्षेत्र व्यवस्थापनमा सुधार : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकले आयोजना गरेको - अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलनु मा गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र पर्यटन क्षेत्रको आम्दानीमा कमी आएका कारण चालु खाता र शोधनान्तर स्थिति निरन्तर घाटामा रहेको बताए । यसले बाह्य क्षेत्र व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको उनको धारणले थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करिब २९८ अर्बले वृद्धि भएको जानकारी उनले दिए । २०७८ साउन यता विप्रेषण आप्रवाह घटिरहे पनि फागुन महिनामा भने विप्रेषण आप्रवाहमा सुधार देखिएको जानकारी गभर्नर अधिकारीले दिए। हाल नेपालसँग ७।४ महिनाको वस्तु र ६।७ महिनाको वस्तु वा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम रहेको आँकडा उनले प्रस्तुत गरे । बाह्य क्षेत्रमा उत्पन्न चुनौतीको व्यवस्थापनको निम्ति नेपाल सरकार र राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्...