९ चैत्र २०७९, बिहीबार

FEATURE

जर्नल फिचर

सुदूरपश्चिममा पहिलो केबलकार बन्ने, लागत २ अर्ब ६४ करोड

सुदूरपश्चिममा पहिलो केबलकार बन्ने, लागत २ अर्ब ६४ करोड

सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको २ अर्ब ६४ करोड लगानीमा लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो । तीन हजार एक सय मिटर लम्बाईको केबलकारमा ३४ वटा बक्स रहने र बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । वातावरणीय प्रभाव मस्ल्याङ्कनको चरणमा परियोजाना निर्माण थालेको तीन वर्षमै सञ्चालनमा ल्याउने बताइएको छ । ...
शून्य भन्सार दरमा चीन निर्यात गर्न पाइने नेपाली वस्तुको संख्या ८ हजार १३० पुग्याे

शून्य भन्सार दरमा चीन निर्यात गर्न पाइने नेपाली वस्तुको संख्या ८ हजार १३० पुग्याे

चीन सरकारले शून्य भन्सार दरमा आफ्नो मुलुकमा प्रवेश दिने नेपाली वस्तुको संख्या ८ हजार १३० पुर्याएको छ ।चिनियाँ विदेश मन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणका क्रममा चीनले थप एक सय वस्तुमा यस्तो सुविधा थप गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ । नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाइ व्यापार विस्तारमा सहयोग पुर्‍याउन चीनले यस्तो सुविधा दिएको नेपाली अधिकारीहरुको दाबी छ । ...