८ भदौ, नवलपरासी ।
सन् २०२३ देखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा टिभी उत्पादनका लागि फ्याक्ट्री बन्ने काम सुरु भएको छ ।
फ्याक्ट्री शिलान्यासः२०७९/०५/७स्थान : नवलपारसी,भूमेरोडदैनिक उत्पादनः १००० थानप्रकारः लिड टिभी ८५ इन्चसम्मलगानीकर्ता : कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स ।प्रत्यक्ष रोजगारी : १५० जना ।
...
९ भदौं, काठमाडौं ।सरकारले गहुँको प्रतिबन्ध खुला गर्न आग्रह गर्दै भारतलाई पत्र लेखेको छ । बुधबार भारतलाई यसबारे पत्र लेखिएको मन्त्रालयले जनाएको छ । यसअघि भरतले नेपाललले आयात गर्ने गहुँको कोटा सरकारसंग मागेको थियो ।
नेपालका मैदा मिलहरु समस्या पर्न थाले पछि भारतलाई यस्तो पत्र लेखिएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बताए । ‘भारतलाई गहुँको आयात खुलाउन पत्राचार गरिएको छ । ’ रेग्मीले भने । गहुँ लगायतका खाद्य वस्तुको आयात खुलाउने विषयमा सहजीकरण गर्न नेपालस्थित भारतीय राजदूतसंग मन्त्रालयले पटक पटक छलफल गरेको पनि उनले दाबी गरे ।
विश्वमा खाद्य संक्ट निम्तिन सक्ने भन्दै भारतले ३० वैशाख २०७९ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले देशका मैदा उद्योगहरु प्रभावित छन् । नेपाल मैदा उद्योग संघकाअनुसार नेपालमा ३६ वटा मैदा मिल सञ्चालनमा छन् ।
चालु आर्थिक वर्षका लागि लगभग १० लाख टन ...
सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको २ अर्ब ६४ करोड लगानीमा लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो ।
तीन हजार एक सय मिटर लम्बाईको केबलकारमा ३४ वटा बक्स रहने र बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । वातावरणीय प्रभाव मस्ल्याङ्कनको चरणमा परियोजाना निर्माण थालेको तीन वर्षमै सञ्चालनमा ल्याउने बताइएको छ ।
...
पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत बनाउन नेपाल पेन्ट उद्योग संघले सरकारसंग माग गरेको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा पदार्थ आयातमा फरक–फरक शुल्क भएको भन्दै विदेशी पेन्ट कम्पनीसँग प्रतिष्पर्धा गर्नका लागि भन्सार शुल्क घटाउनु पर्ने बताए । ‘विदेशी पेन्ट र कच्चा पदार्थ आयातमा समान ३० प्रतिशत भन्सार शुल्क छ,’ उनले भने, ‘यसले विदेशी पेन्टसँग प्रतिष्पर्धा गर्न गाह्रो भयो ।’ कच्चा पदार्थ आयातमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क हुन नहुने उनको माग छ ।
‘नेपालमा ५० वटाभन्दा बढी पेन्ट उद्योग छन् । ती उद्योगमा २८ सयभन्दा बढी श्रमिक कार्यरत छन्,’ उनले भने, ‘यस क्षेत्रलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थमा एउटै प्रकारका हर्मोनाइज कोडको व्यवस्था र एउटै भन्सार शुल्क कायम गर्नुपर्छ ।’ साखःले अनुसार एक्रिलिक पोलिमरको आयातमा सरकारले ...
सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले “अन्तर बैंक रकमान्तर सुविधा” लिन सक्ने व्यवस्था गरेको छ ।
यस सुविधा अन्र्तगत सनराइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् ।
साथै सनराइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ्ग प्रतिनिधि मार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउ...
काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा शुक्रबारदेखि बिक्री वितरण सुरु गर्ने भएको छ ।
उक्त नयाँ गाडी नेपालका सडकका लागि उपयुक्त हुने आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाको दाबी छ । नेपालका लागि आयाम इन्टरकन्टिनेन्टल फोर्स मोटर्स गाडीको आधिकारिक बिक्रेता हो ।
‘ग्राउण्ड(अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी(वागनलाई प्रतिबिम्वित गर्छ ।
लामो र चौडा बनोट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।
मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा ९सेग्मेन्ट० एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ ड...
काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरिएको छ ।
अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाल भित्र्याउन लागेको हो ।भारतीय बजारमा केही महिनाअघि मात्रै यो स्कुटर सार्वजनिक गरिएको थियो । भारतमा सुजुकी एभेनिसले आफ्नो सेगमेन्टमा अविश्वसनीय उपलब्धि हासिल गरिरहेको कम्पनीको भनाइ छ । नेपाली बजारमा समेत यही सेगमेन्टका स्कुटर धेरैको रोजाइमा पर्ने विश्वास कम्पनीले गरेको छ ।
...
काठमाडौं । नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै २० लाख रुपैयाँसम्म जित्ने अफर ल्याएको छ । नयाँ वर्षलाई लक्षित गरी ग्राहकहरुका लागि ‘२०७९ ह १००० गुणाले खुसी बढाउँनुहोस्’ नामको अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००.२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन् ।
यामाहाका बाइकरस्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटबाट दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्...
काठमाडौं । टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ ल्याएको छ। टाटा मोटर्स र सिप्रदीले ग्राहकहरुका लागि नयाँ अनुभवलाई प्राथमिकता दिने गरेको छ ।
कम्पनीका अनुसार केयर प्लस एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ ।
यद्यपि, केयर प्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा रहेको कम्पनीको भनाइ छ ।
ग्राहकहरूले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त सञ्चालन सुनिश्चित गर्न सक्नेछन् । यसका साथै केयर प्लसमा सवारी मर्मत, व्हिल अलाइनमेन्ट र सवारी साधनको धुलाई सहित निर्धारित सेवाहरू समावेश गरिएको छ ।जसअनुसार ग्राहकले गाडी बिक्री भएको मित...
काठमाडौं । नेपालमा हिरो मोटोकर्प लिमिटेडले लोकप्रिय तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार लोकप्रिय तीन नयाँ उत्पादनहरुमा बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी रहेको छ ।
कम्पनीका अनुसार हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रविधि जस्ता सुविधा उपलब्ध छन् र तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्नेछन् । विविध एवं समग्र रुपमा नयाँ उत्पादनहरुले कम्पनीको नेपाली ग्राहकलाई उत्तम एवं सफा प्रविधि सहितको तरुण, उत्कृष्ट र आधुनिक उत्पादनहरु उपलब्ध गराउन केन्द्रित रहने कम्पनीको भनाइ छ ।
नयाँ उत्पादनहरु हिरो मोटोकर्पका शोरुमहरुबाट आकर्षक मूल्यमा उपलब्ध हुनेछन् । एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५० हजार रुपैयाँ, ग्लामर एक्सटेकको २ लाख ७६ हजार रुपैयाँ र म्यास्ट्रो एज १२५ को २ लाख ६६ हजार रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
हि...