२४ भदौ,काठमाडौं ।
अमेरिकी टेक कम्पनी एप्पलले बुधबार चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको हो।
कम्पनीले आइफोन-१४, आइफोन-१४ प्लस, आइफोन-१४ प्रो, आइफोन-१४ प्रो म्याक्स, एप्पल वाच सिरिज-८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो-२ सार्वजनिक गरेको छ।
आइफोन-१४ र आइफोन-१४ प्लसः आइफोन-१४ फाइभ-जी फोन हो। यो पाँच रङमा उपलब्ध हुनेछ ( कालो, निलो, स्टारलाइट, बैजनी र रातो) यसको ब्याट्री पहिलेभन्दा राम्रो भएको कम्पनीको भनाइ छ।
यी दुवै फोनको डिजाइन आइफोन(१३ को भन्दा धेरै फरक छैन। यिनमा चिपसेट पनि पहिलेकै छ। कम्पनीले यसपालि आइफोनको मिनी संस्करण भने ल्याएको छैन। यसमा १२ मेगापिक्सलका दुई क्यामरा छन्।
आइफोन(१४ र आइफोन(१४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। कम्पनीका अनुसार क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचना...
८ भदौ, नवलपरासी ।
सन् २०२३ देखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा टिभी उत्पादनका लागि फ्याक्ट्री बन्ने काम सुरु भएको छ ।
फ्याक्ट्री शिलान्यासः२०७९/०५/७स्थान : नवलपारसी,भूमेरोडदैनिक उत्पादनः १००० थानप्रकारः लिड टिभी ८५ इन्चसम्मलगानीकर्ता : कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स ।प्रत्यक्ष रोजगारी : १५० जना ।
...
आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने घोषणा छ । जसअनुसार ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको यो कम्पनीले जनाएको छ ।
यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु। ९८ मा उपलब्ध हुनेछ । यस्तै ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु। ९८ मा उपलब्ध हुनेछ ।
त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने...
रुसले अन्ततः अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट अलग हुने घोषणा गरेको छ । युक्रेनमाथि गरेको आक्रमणका कारण चौतर्फी प्रतिबन्ध भोगी रहेको रुसले यस्तो निर्णय लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगामी तीन वर्षमा स्पेस स्टेसनबाट अलग हुने रुसले जनाएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार रुसी स्पेस एजेन्सी रोसकोमसका महानिर्देशक दिमित्री रोगोजिनले यस्तो घोषणा गरेका हुन् ।
...
सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यान्वयनलाई प्रभावकारी बनाउन त्यसमा थप संशोधन र सुधार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रविधि पत्रकार मञ्चले गरेको ‘प्रविधि’ जर्नल विमोचन तथा ‘डिजिटल नेपाल निर्माणका व्यवधान’ शीर्षकमा अन्तक्रियाका वक्ताहरुले फ्रेमवर्कभित्र अनेकन जटिलता र कमजोरीहरुलाई सुधारेर अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
कार्यक्रममा सरकारले २०७६ कात्तिक ५ मा सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कमा ८ क्षेत्रका ८० वटा पहल समावेश भए पनि कार्यान्वयनका लागि प्रक्रियागत झन्झट रहेको कम्प्युटर एसोसिएयसन नेपाल महासंघ ९क्यान०की पूर्वउपाअध्यक्ष सुनैना पाण्डेले बताइन् ।
उनले भनिन्, ‘सरकारले सूचना प्रविधि विधेयक बनाउन बाँकी छ।डिजिटल नेपाल निर्माणको लागि फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्छ ।’ डिजिटल नेपाल निर...
ह्वाट्सएपका म्यासेजहरूमा अब ‘रियाक्ट’ गर्न सकिने भएको छ । ह्वाट्सएपमा यस्तो नयाँ फिचर्स थपिएको जानकारी यसका मालिक मार्क जकरबर्गले दिएका हुन् । उनले फेसबुकमार्फत यस सम्बन्धि जानकारी सार्वजनिक गरेका थिए ।
अब फेसबुक, इन्स्टाग्राम, ट्वीटरहरूमा आएका म्यासेजमाझैं अब ह्वाट्सएपका म्यासेजमा पनि इमोजी रियाक्ट गर्ने सकिने छ । साथै ह्वाट्सएपमा अब दुई जीबीसम्मका फाइल पनि सेयर गर्न सकिने भएको छ । यसअघि १ सय एमबीका फाइल मात्रै सेयर गर्न सकिन्थ्यो ।
...
भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको छ ।
एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो । एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको छ । भारतमा आइफोन १३ को उत्पादन सुरु भएसँगै अफ मेड इन इण्डिया फोन छिटै बजारमा आउने र भारतलाई आइफोन उत्पादनको हब बनाउने अनुमान गरिएको छ । भारत अहिले विश्वको दोश्रो ठूलो स्मार्टफोन बजार हो ।
...
आफूले म्युट गर्न चाहेको कन्भरसेसन अर्थात् च्याटमा केहीबेर थिच्ने र त्यसपछि देखिने म्युट अप्सनमा ट्याप गरेपछि यो सुविधा प्रयोग गर्न पाइने छ । प्रयोगकर्ताले कति समयका लागि च्याट म्युट गर्न चाहेको हो, त्यो छान्न सक्छन् । त्याँहा तिनवटा विकल्प हुनेछन् । एउटा ८ घण्टाको लागि, अर्को १ हप्ता र अर्को सधैभरका लागि ।
...
फोनपे पेमेन्ट सर्विसको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए ।उनी कोकाकोलामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टे्रड मार्केटिङ हेड लगायतको भूमिकामा थिए ।
...
टेस्ला मालिक एलन मस्कले ट्वीटरको सबै स्वामित्व किन्ने प्रस्ताव गरेका छन् । उनले त्यसका लागि ४१ अर्ब ४० करोड अमेरिकी डलरको अफर गरेका छन् ।
उनले कम्पनीका अध्यक्ष ब्रेट टेलरलाई पत्र लेखेर सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी निजी बनाउनु पर्ने भन्दै बाँकी शेयर किन्ने प्रस्ताव गरेका हुन् ।