
काठमाडौं आइपुगे साझाका तीन बिजुली बस
साझा यातायातले काठमाडौंमा चलाउन लागेको बिजुली बसमध्ये पहिलो चरणमा ल्याएका तीन वटा बस काठमाडौंं आइपुगेका छन् ।
चीनको नानजिंगबाट तातोपानी नाका हुँदै ति बस काठमाडौं आइपुगेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । यि बस अहिले ललितपुरको पुल्चोकस्थित पार्किङमा राखिएको छ ।
चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ [उकालो तान्न सक्ने क्षमता] परीक्षण गरेपछि नेपालमा ल्याइएको बसको आधिकारी बिक्रेता ‘दी गो’ले जनाएको छ ।
काठमाडौं उपत्यकाका सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने साझा यातायातले जनाएको छ ।
...