९ चैत्र २०७९, बिहीबार

NEWS

एप्पलले ल्यायो चार मोडलका आइफोन-१४, यस्ता छन् फिचर

एप्पलले ल्यायो चार मोडलका आइफोन-१४, यस्ता छन् फिचर

२४ भदौ,काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले बुधबार चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको हो। कम्पनीले आइफोन-१४, आइफोन-१४ प्लस, आइफोन-१४ प्रो, आइफोन-१४ प्रो म्याक्स, एप्पल वाच सिरिज-८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो-२ सार्वजनिक गरेको छ। आइफोन-१४ र आइफोन-१४ प्लसः आइफोन-१४ फाइभ-जी फोन हो। यो पाँच रङमा उपलब्ध हुनेछ ( कालो, निलो, स्टारलाइट, बैजनी र रातो) यसको ब्याट्री पहिलेभन्दा राम्रो भएको कम्पनीको भनाइ छ। यी दुवै फोनको डिजाइन आइफोन(१३ को भन्दा धेरै फरक छैन। यिनमा चिपसेट पनि पहिलेकै छ। कम्पनीले यसपालि आइफोनको मिनी संस्करण भने ल्याएको छैन। यसमा १२ मेगापिक्सलका दुई क्यामरा छन्। आइफोन(१४ र आइफोन(१४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। कम्पनीका अनुसार क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचना...
राष्ट्र बैंकले रिपोमार्फत बजार पठायो २० अर्ब

राष्ट्र बैंकले रिपोमार्फत बजार पठायो २० अर्ब

२४ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत बजारमा २० अर्ब रुपैया तरलता पठाउने भएको छ ।१४ दिन अवधिको उक्त रिपोमा बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकममा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपो र २५ अर्बको ओभरनाइट पर्चेज मार्फत बैंकमा तरलता पठाइसकेको छ । यस्तै स्थायी तरलता सुविधा ९एसएलएफ० र ओभरनाइट रिपोमार्फत २१ भदौसम्म १४ खर्ब ५० अर्ब ८० करोड ३० लाख रुपैयाँ गरी चालु आर्थिक वर्षमा १५ खर्ब ५ अर्ब ८० करोड ३० लाख रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाएको केन्द्रीय बैंकले जनाएको छ । ...
आर्थिक ऐन संशोधन, ६ प्रकारका भन्सार र करका दर फेरिए

आर्थिक ऐन संशोधन, ६ प्रकारका भन्सार र करका दर फेरिए

२४ भदौं,काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन गरेको छ । २१ भदौको मन्त्रिपरिषद् ऐन संशोधन गर्दै ६ प्रकारका वस्तु तथा सेवाको भन्सार तथा करका दरहरु हेरफेर गरेको हो । संशोधित करका दर र महशुल बिहीबार राजपत्रमा प्रकाशित भएको छ ।२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार दर तथा अन्तःशुल्क घटाएको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार जीआई वायर रडको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको छ । यस्तै जीआई वायरमा लाग्दै आएको अन्तःशुल्क ३ हजार ५ सय रुपैयाँबाट घटाएर २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छ...
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन धितोपत्र नियमावली संशोधन

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन धितोपत्र नियमावली संशोधन

२४ भदौं, काठमाडौं ।नेपाल सरकारले ३० प्रतिशत सर्वसाधारणको लगानी हुने गरी स्टक एक्सचेञ्जको लाइसेन्स दिन सक्ने गरी धितोपत्र बजार सञ्चालन नियमावली संशोधनलाई स्वीकृत गरेको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद् बैंठकले धितोपत्र बजार सञ्चालन नियमावली २०६६ को संशोधनलाई स्वीकृत गरेको हो । गत १६ भदौमा बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली संशोधनसम्बन्धी निर्णय गर्दै संशोधन मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरेको थियो । धितोपत्र बोर्डको सञ्चालक समितिले निर्णय गरेर पठाएको नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृति गरेर कार्यान्वयनका लागि बोर्डमा पठाएको छ । बोर्डले नियमावली संशोधन गर्दै नयाँ स्टक एक्सचेञ्जका लागि चुक्ता पूँजी करोडबाट बढाएर ३ अर्ब पुर्‍याएको छ । अब नयाँ खुल्ने स्टक एक्सचेञ्जको न्यूनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुने र ३० प्रतिशत सार्व...
इच्छाराज तामाङ विरुद्ध सम्पत्ति शुद्धिकरणको पनि मुद्धा

इच्छाराज तामाङ विरुद्ध सम्पत्ति शुद्धिकरणको पनि मुद्धा

१७ भदौ, काठमाडौं । ठगी मुद्धा झेलिरहेका व्यवसायी इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धिकरण आरोपमा पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तामाङमाथि आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैंया गैरकानूनी आर्जन गरेको अभियोग लगाएको हो । विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैंया विगो मागदावी गरेको छ । शाक्यले तामाङसँग कानूनी रुपमा सम्बन्धविच्छेद गरेकी छन् । तामाङको घर, जग्गा, सम्पत्ति जफतको माग समेत छ । उनीहरुविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ । ...
भैरहवा विमानस्थलबाट पहिलो कार्गो कुवेत हुँदै फ्रान्स पुग्यो

भैरहवा विमानस्थलबाट पहिलो कार्गो कुवेत हुँदै फ्रान्स पुग्यो

मुलुकको दोस्रो अन्तराष्ट्रिय विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु भएको छ । गत शनिबार पहिलो पटक विमानस्थलबाट कुवेत हुँदै कार्गो ढुवानी भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार हिमालेक्स ट्रेडर्सले गत शनिबार जजिरा एयरमार्फत कार्गो भैरहवाबाट कुवेत हुँदै फ्रान्स पु¥याएको हो । विमानस्थलकाअनुसार नयाँ थप भएको न्यु जजिरि जे ९ जहाजले पनि कार्गो सेवा सुरु गरेको छ । अब भैरहवाबाट पनि नियमित रुपमा कार्गो सेवा सुरु हुने विमानस्थलले जनाएको छ । यहाँबाट कार्गो सेवा सुरु गर्नेबारे केही दिन निजी क्षेत्रका कार्गो व्यवसायीहरुले छलफल गरेका थिए । ...
दशैंको मुखैमा उपभोक्तालाई मूल्य बृद्धिको उपहार

दशैंको मुखैमा उपभोक्तालाई मूल्य बृद्धिको उपहार

१७ भदौ, काठमाडौं । सरकारले दशैं तिहार र छट जस्ता ठूला पर्वको मुखैमा इन्धनको मूल्य बढाएको छ । समग्र मूल्य बृद्धिलाई मलजल पुग्ने गरी निगमले बहिीबार रातीबाट लागू हुनेगरी डिजेल र मटीतेलको मूल्य लिटर मै ६ रुपैयाँले बृद्धि गरेको हो । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ । ...
पाँच महिनामै वाणिज्यका महानिर्देशक शर्माको सरुवा

पाँच महिनामै वाणिज्यका महानिर्देशक शर्माको सरुवा

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको सरुवा भएको छ । विभागमा महानिदेशकको रुपमा जिम्मेवारी सम्कालेको ५ महिनामै शर्माको सरुवा भएको हो । उनी गत चैतमा विभागको जिम्मेवारीमा आएका थिए। यस अघि सहकारी बोर्डमा रहेका शर्मालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । विभागको नेतृत्वमा कसलाई पठाउने भन्ने अझै अन्यौल छ । दशैंको मुखैमा बजार अनुगमन चुस्त बनाउनु पर्ने बेलामा महानिर्देशकको सुटुक्क सरुवाले आशंका जन्माएको छ । ...
साउनमा १३ करोड ९१ लाखको डाइपर आयात

साउनमा १३ करोड ९१ लाखको डाइपर आयात

९ भदौ,काठमाडौं ।आर्थिक वर्षको पहिलो महिनामा १३ करोड ९१ लाखको डाइपर आयात भएको छ । नेपालमा वार्षिक २ अर्बको कारोबार हुने डाइपर अघिल्ला वर्षहरुमा भन्दा कम मात्रामा आयात भएको भन्सारको विवरणमा देखिन्छ । Quantity KGImports ValueImports Revenue8066083 13918540855
भैरहवा विमानस्थलबाट हवाई कार्गो सेवा सुरु गर्न गृहकार्य

भैरहवा विमानस्थलबाट हवाई कार्गो सेवा सुरु गर्न गृहकार्य

९ भदौ, काठमाडौं ।दोस्रो अन्तरािष्ट्रय विमानस्थल भैरहवाबाट काग्रो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन् । गत जेष्ठ २ गतेबाट संचालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ । सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिख देखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन् । टर्कीको पिगासस एअरवयजको समेत नेपालको कार्गो प्रतिनिधि रहेको टपलाइन वोल्र्डवाइड कार्गोका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले भैरहवाबाट काठमाडौँ , कुवेत , साबिया हुदै यूरोप , अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादन भएको सामानहरुलाई हवाई कार्गो मार्फत पठाऊन सकिने बताए । गौतम बुद्ध अन्तराष्ट्रिय एअरपोर्ट हुदै हवाई कार्गो मार्फत सामान विदेश निर्यात गर्नको लागि गत गभदौं ३ गते सेक्युर फ्रेट इन्टरनेशनल प्रा लिका प्रबन्ध निर्देशक ईश्वर बहादुर ग...