
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन धितोपत्र नियमावली संशोधन
२४ भदौं, काठमाडौं ।नेपाल सरकारले ३० प्रतिशत सर्वसाधारणको लगानी हुने गरी स्टक एक्सचेञ्जको लाइसेन्स दिन सक्ने गरी धितोपत्र बजार सञ्चालन नियमावली संशोधनलाई स्वीकृत गरेको छ ।
२१ भदौमा बसेको मन्त्रिपरिषद् बैंठकले धितोपत्र बजार सञ्चालन नियमावली २०६६ को संशोधनलाई स्वीकृत गरेको हो ।
गत १६ भदौमा बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली संशोधनसम्बन्धी निर्णय गर्दै संशोधन मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरेको थियो । धितोपत्र बोर्डको सञ्चालक समितिले निर्णय गरेर पठाएको नियमावली मन्त्रिपरिषद्बाट स्वीकृति गरेर कार्यान्वयनका लागि बोर्डमा पठाएको छ ।
बोर्डले नियमावली संशोधन गर्दै नयाँ स्टक एक्सचेञ्जका लागि चुक्ता पूँजी करोडबाट बढाएर ३ अर्ब पुर्याएको छ । अब नयाँ खुल्ने स्टक एक्सचेञ्जको न्यूनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुने र ३० प्रतिशत सार्व...