अटो मोबाइल्स एशोसिएसन अफ नेपाल नाडा ले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्तःशुल्क महसुलमा पुरानै व्यवस्था अनुसार कायम गर्न सरकारसँग माग गरेको छ ।
नाडाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महसुल वृद्धि गर्नुले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरेको बताएको छ ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन असार मसान्तसम्म निजी प्रयोजनका लागि गाडी आयातमा रोक लगाएको भएपनि यसले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खाशै असर पार्ने नदेखिएकोले आयातमा गरिएको प्रतिबन्ध हटाउन पनि नाडाले सरकारसँग माग गरेको छ ।
सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा अन्तःशुल्क तथा भन्सार महसुलमा अत्यधिक वृद्धि गरेका कारण त्यस किसिमका मोटरसाइकलको बिक्री वितरण गर्दे आएका अटोमोबाइ...
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्प्रर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।
प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।
प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ ।भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त टे«डिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिश्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २०० मेगावाट प्रतिश्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई...
पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत बनाउन नेपाल पेन्ट उद्योग संघले सरकारसंग माग गरेको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा पदार्थ आयातमा फरक–फरक शुल्क भएको भन्दै विदेशी पेन्ट कम्पनीसँग प्रतिष्पर्धा गर्नका लागि भन्सार शुल्क घटाउनु पर्ने बताए । ‘विदेशी पेन्ट र कच्चा पदार्थ आयातमा समान ३० प्रतिशत भन्सार शुल्क छ,’ उनले भने, ‘यसले विदेशी पेन्टसँग प्रतिष्पर्धा गर्न गाह्रो भयो ।’ कच्चा पदार्थ आयातमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क हुन नहुने उनको माग छ ।
‘नेपालमा ५० वटाभन्दा बढी पेन्ट उद्योग छन् । ती उद्योगमा २८ सयभन्दा बढी श्रमिक कार्यरत छन्,’ उनले भने, ‘यस क्षेत्रलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थमा एउटै प्रकारका हर्मोनाइज कोडको व्यवस्था र एउटै भन्सार शुल्क कायम गर्नुपर्छ ।’ साखःले अनुसार एक्रिलिक पोलिमरको आयातमा सरकारले ...
विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको हो ।
ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।बैंकले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकमा बिक्रीको आह्वान गरेकोमा सबै संस्थापक बिक्री नभएपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री खुला गरिएको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर बिक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
शुक्रबार जारी सूचना बमोजिम आगामी ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।
...
सेयर बजार परिसूचक नेप्से मंगलबार उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ४६।४६ अंकले घटेर २४५२।०६ बिन्दुमा झरेको हो ।
मंगलबार कुल २२८ कम्पनीको कारोबार भएको छ । ४५ हजार ८९४ वटा कारोबारबाट ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको भएको छ।
मंगलबार होटल र पर्यटन उपसमूहबाहेक सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै गुमाउने उपसमूहमा ‘अन्य’ रहेको छ । मंगलबार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १०र१० प्रतिशतले बढ्यो । जाल्पा सामुदायिक लघुवित्तको मूल्य समेत धेरै बढ्नेमा रहन सफल भयो । इमर्जिङ नेपालको सेयर मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
...