१२ आश्विन २०७९, बुधबार

चोभार सुख्खा बन्दरगाहका लागि आन्तरिक परिवहनको सुविधा

काठमाडौं जर्नली संवाददाता , ४ चैत्र २०७८, शुक्रबार ००:५२

४ चैत, काठमाडौं ।
काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि सरकारले मालबाहक सवारी साधन भित्रिने प्रक्रिया टुंगो लगाएको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले चोभार सुख्खा बन्दरगाहका लागि आन्तरिक परिवहनको सुविधा दिने जनाएको हो ।

यस्तो सुविधा अन्तर्गत स्रोत मुलुकबाट आएकै सवारी साधन वा भित्रिएको नाकामा पल्टी गरेर अर्को सवारी साधनमा जीपीएस ताला लगाएर काठमाडौंमै भन्सार जाँच पास गर्ने गरी माल वस्तु ल्याउन सकिने छ ।
यस्तो सुविधा अन्तर्गत अब भारततर्फ सीमा जोडिएका पाँच प्रमुख नाकाबाट भित्रिने मालवस्तुको भन्सार जाँचपास सिधै काठमाडौं ल्याएरै गर्न सकिने छ ।
योसंगै चोभार सुख्खा बन्दरगाह सञ्चालनको बाटो पनि खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्