१२ आश्विन २०७९, बुधबार

सुपारी, केराउ र मरिच आयातमा कसिलो कार्यविधि

काठमाडौं जर्नली संवाददाता , ४ चैत्र २०७८, शुक्रबार ०१:१०

सरकारले सुपारी, केराउ र मरिच आयातमा कसिलो कार्यविधि जारी गरेको छ । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ ।

मन्त्रिपरिषबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिज्य विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । केही दिन अघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्