१२ आश्विन २०७९, बुधबार

राष्ट्रिय प्रणालीमा एक हजार मेगावाट बिजुली जाेडिने नयाँ खिम्ती सबस्टेसन उद्घाटन

काठमाडौं जर्नली संवाददाता , ५ चैत्र २०७८, शनिबार ११:४०

रामेछापकाे नयाँ खिम्ती २२०र१३२ केभी सबस्टेसनकाे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको साँखेमा निर्मित उक्त सबस्टेसनको शनिबार बिहान उद्घाटन गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा बन्ने आयोजनाको बिजुली प्रसारण र वितरणका लागि यो सबस्टेसन निकै महत्त्वपूर्ण मानिएको छ ।
माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित अरू निजी क्षेत्रबाट सञ्चालित आयोजनाको समेत गरेर करिब १ हजार मेगावाट बिजुली यो सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जाने छ । तामाकोसी–खिम्ती–ढल्केबर र खिम्ती–बाह्रबिसे प्रसारण लाइन यो सबस्टेसनसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्