चीन सरकारले शून्य भन्सार दरमा आफ्नो मुलुकमा प्रवेश दिने नेपाली वस्तुको संख्या ८ हजार १३० पुर्याएको छ ।
चिनियाँ विदेश मन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणका क्रममा चीनले थप एक सय वस्तुमा यस्तो सुविधा थप गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ । नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाइ व्यापार विस्तारमा सहयोग पुर्याउन चीनले यस्तो सुविधा दिएको नेपाली अधिकारीहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्