
नेपाल आयल निगमले खाना पकाउने ग्याँसहित सबै प्रकारकार इन्धनको मूल्य वृद्धि गरेको छ । मंगलबार राति राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।
यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि सिलिण्डरमा २५ रुपैयाँले बढाइएको छ । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्