१२ आश्विन २०७९, बुधबार

शेयर बजार ४६.४६ अंकले घट्यो

काठमाडौं जर्नली संवाददाता , २२ चैत्र २०७८, मंगलवार २३:४८

सेयर बजार परिसूचक नेप्से मंगलबार उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ४६।४६ अंकले घटेर २४५२।०६ बिन्दुमा झरेको हो ।

मंगलबार कुल २२८ कम्पनीको कारोबार भएको छ । ४५ हजार ८९४ वटा कारोबारबाट ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको भएको छ।

मंगलबार होटल र पर्यटन उपसमूहबाहेक सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै गुमाउने उपसमूहमा ‘अन्य’ रहेको छ । मंगलबार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १०र१० प्रतिशतले बढ्यो । जाल्पा सामुदायिक लघुवित्तको मूल्य समेत धेरै बढ्नेमा रहन सफल भयो । इमर्जिङ नेपालको सेयर मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्