सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको बुझिएको छ। अधिकारीमाथि छानबिनका लागि निलम्बन गरिएको दाबी गरिएको छ।
बिहीबारकै निर्णय भए पनि सरकारले अधिकारीको निलम्बन गोप्य राखेको थियो।
शुक्रबार दिउँसोसम्म अधिकारी मन्त्री शर्मासँगै कार्यक्रममा थिए। अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्