१२ आश्विन २०७९, बुधबार

संस्थागत लगानीकर्ताको संख्या ९५ पुग्यो, टेलिकम र निफ्रासहित ८ थपिए

काठमाडौं जर्नली संवाददाता , २६ चैत्र २०७८, शनिबार ११:५१

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रणालीमा सहभागी भई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप ८ कम्पनीलाई स्वीकृति दिएको छ । यससँगै बुक बिल्डिङ प्रणालीबाट बिक्री हुने आईपीओको मूल्य निर्धारण प्रकृयामा ९५ कम्पनी सहभागी हुन पाउनेछन् ।

योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्नको लागि यसअघि ८७ संस्थाले अनुमति पाएकोमा चैत २३ गते बुधबार नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक सहित ८ वटा संस्थाले काम गर्नको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा अनुमति पाएका हुन् ।

धितोपत्र बोर्डका अनुसार चैत २३ गते सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी, प्रभु सेलेक्ट फन्ड, अल्फा इन्भेस्टमेन्ट, स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट, टेलिभेन्चर पार्टनर्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र महालक्ष्मी विकास बैंक लिमिटेड गरी ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरिएको हो ।

बोर्डले थप ८ कम्पनीलाई स्वीकृति दिएसँगै बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्काशन गर्ने सबै कम्पनीले मूल्य निर्धारणमा ९५ योग्य संस्थागत लगानीकर्ताले सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्