१२ आश्विन २०७९, बुधबार

आज दरबारमार्ग सडक महोत्सव

काठमाडौं जर्नली संवाददाता , ३ बैशाख २०७९, शनिबार ०१:२३

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन’ भन्ने मूल नाराका साथ आज दरबारमार्ग सडक महोत्सव हुँदैछ ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोननामा हुने महोत्सव कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि महत्वपूर्ण मानिएको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजना महोत्सव आयोजना हुन लागेको हो।

नेपाली नयाँ वर्षको अवसरमा हरेक साल वैशाख पहिलो साता आयोजना हुँदै आएको छ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको महासंघले जनाएको छ।

चर्चित गायक गायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शनीका स्टलहरु र बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विषेश आकर्षणहरु रहने छन्।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी महोत्सवमा महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ ।

हाल नेपालमा ९० प्रतिशतभन्दा बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास महासंघको छ।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरूत्थानमा लैजान महोत्सवले ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको छ।

प्रतिक्रिया दिनुहोस्