१२ आश्विन २०७९, बुधबार

बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता

काठमाडौं जर्नली संवाददाता , २३ बैशाख २०७९, शुक्रबार ००:०२

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच बिहीबार १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो मर्जर सम्झौता बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता हो ।
यस अघि बीमा कम्पनीहरु बीच मर्जरको गर्ने विषय चर्चामा रहेपनि प्रक्रियाले मुर्त रुप पाएको थिएन । बीमा समितिले ल्याएको पूँजी वृद्धिको योजनाअनुसार अघि बढेको मर्जरपछि यी कम्पनीको पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्ने छ ।

अहिले हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको मूनाफाबाट बोनस सेयर दिए पछि भने बीमा समितिले तोके अनुसारको पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्