२३ वैशाख, काठमाडौं ।
नेपाल आयल निगमले बजारमा ग्यास अभाव नरहेको दाबी गरेको छ । बिहीबार एक विज्ञप्ति जानरी गर्दै निगमले बजारको खपत भइरहेको औसत परिमाणभन्दा बढी मात्रामा एलपी ग्याँस आयात भइरहेको दाबी गरेका हो ।
निगमले दाबी गरेपनि बजारमा अहिले उपभोक्ताले सहज रुपमा ग्याँस उपलब्ध छैन् । निगमका अनुसार एलपी ग्याँसको खपत महिनामा ४५ हजार मेट्रिकटन छ । अप्रिल महिनामा ४७ हजार १२७ मेट्रिकटन ग्याँस आयात भएको छ ।
चैतमा एलपी ग्याँस उद्योग संघले बिक्री वितरणमा अवरोध गर्दा आपूर्ति व्यवस्था प्रभावित भएको भन्दै त्यसपछिको आयात सहज भएको निगमको दाबी छ ।
मागभन्दा बढी परिमाणमा ग्याँसको मौज्दात नराख्न उपभोक्तालाई निगमले आग्रह गरेको छ ।
ग्याँसको मूल्य बढ्ने हल्ला फिजाएर कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोजे कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्