१२ आश्विन २०७९, बुधबार

यस्तो छ संसदमा प्रि–बजेटको प्रारम्भिक खाका

काठमाडौं जर्नली संवाददाता , २३ बैशाख २०७९, शुक्रबार ००:२२

संघीय संसद सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने गरी प्रारम्भिक खाका तयार पारेको छ । संसद सचिवालयले जेठ ३ गतेदेखि संसदमा प्रि–बजेटको प्रारम्भिक खाका तयार गरेको हो ।

जसअनुसार जेठ ३ गते अर्थमन्त्रीले बजेटको प्राथमिकता पेश गर्ने, ४ गते प्रि–बजेट छलफल गर्ने, प्रि–बजेटमाथिको छलफल र मन्त्रीबाट जवाफ प्रस्तुत गर्न दिने र जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यतालिका छ । सरकारले बजेट अधिवेशन बोलाउने तयारी अगाडि बढाएपछि संसद सचिवालयले पनि बजेटमाथिको छलफलको प्रारम्भिक खाका तयार पारेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । अब बस्ने मन्त्रिपरिषदको बैठकबाट अधिवेशन आह्वानको मिति सिफारिस हुन सक्ने अनुमान छ । जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्