१२ आश्विन २०७९, बुधबार

आव ०७८/०७९ मा सबैभन्दा धेरै आर्थिक वृद्धिदर बागमती प्रदेशमा

काठमाडौं जर्नली संवाददाता , २३ बैशाख २०७९, शुक्रबार ००:४७

चालु आर्थिक वर्ष २०७८र७९ मा प्रदेशगत रुपमा सबैधन्दा धेरै आर्थिक वृद्धिदर बागमतीमा हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रदेशगत लेखा तथ्यांकले यस्तो तथ्य बाहिर आएको हो ।

मुलुकको आर्थिक वृद्धिदर यस आवमा ५.८ प्रतिशत रहने प्रेक्षपण गरेको विभागले बागमती प्रदेशको वृद्धिदर ६.७४ प्रतिशत रहने अनुमान गरेको छ । सबैभन्दा कम आर्थिक वृद्धिदर सुदुरपश्चिम प्रदेशको रहने विभागको अनुमान छ । उक्त प्रदेशको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रक्षेपण छ ।

प्रदेश नम्बर एकको आर्थिक बृद्धिदर ५.५१ प्रतिशत, मधेश प्रदेशको ४.८२ प्रतिशत र गण्डकी प्रदेशको आर्थिक बृद्धिद्धर ६.१७ प्रतिशत रहने विभागको अनुमान छ । यस्तै लुम्बिनीको ५.३६ प्रतिशत र कर्णाली प्रदेशको आर्थिक बृद्धिदर ५.४७ प्रतिशत रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्