१२ आश्विन २०७९, बुधबार

निर्वाचन लगत्तै स्मार्ट लाइसेन्सको नियमित आवेदन खोल्ने तयारी

काठमाडौं जर्नली संवाददाता , २३ बैशाख २०७९, शुक्रबार २३:२५

यातायात व्यवस्था विभागले जेठको पहिलो हप्ताबाट लाइसेन्सको आवेदन खुला गर्ने भएको छ । स्मार्ट सवारी लाइसेन्स नियमित र सहज वितरण सुरु गर्नका लागि विभागले यस्तो तयारी गरेको हो ।

वैशाख मसान्तसम्म सबै लाइसेन्स कार्यालयहरुले यसअघि फारम भरेकाहरुको परीक्षा लिइसक्ने गरी काम भइरहेको विभागका मानिर्देशक नमराज घिमिरेले बताए । यस अघि विभागले १ चैतदेखि देशभरका यातायात कार्यालयका लागि अनलाइन आवेदन बन्द गरिको थियो ।

प्रतिक्रिया दिनुहोस्