रुसले अन्ततः अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट अलग हुने घोषणा गरेको छ । युक्रेनमाथि गरेको आक्रमणका कारण चौतर्फी प्रतिबन्ध भोगी रहेको रुसले यस्तो निर्णय लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगामी तीन वर्षमा स्पेस स्टेसनबाट अलग हुने रुसले जनाएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार रुसी स्पेस एजेन्सी रोसकोमसका महानिर्देशक दिमित्री रोगोजिनले यस्तो घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्