१२ आश्विन २०७९, बुधबार

जेठदेखि शेयर बजार शुक्रबार पनि खुल्ने

काठमाडौं जर्नली संवाददाता , २५ बैशाख २०७९, आईतवार ०२:१८

आगामी जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार आइतबारको सट्टामा शुक्रबार पनि खुल्ने भएको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए ।
योसँगै अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्