१२ आश्विन २०७९, बुधबार

इमेल, फोन र फ्याक्सबाट पठाउन सकिन्छ मौद्रिक नीतिमा सुझाव

काठमाडौं जर्नली संवाददाता , २५ जेष्ठ २०७९, बुधबार ००:२०

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालबाट इमेल, फोन र फ्याक्सबाट पठाउन सकिने गरी सुझाव मागेको हो ।

सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिने भएको छ । ०१–४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल सरकारले ल्याएको बजेटका लक्ष्यहरु कायम गर्ने गरी हरेक वर्ष मौद्रिक नीति ल्याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्