१२ आश्विन २०७९, बुधबार

असारसम्म रासायनिक मल अभाव अन्त्य हुन्छः कृषि मन्त्रालय

काठमाडौं जर्नली संवाददाता , २५ जेष्ठ २०७९, बुधबार ००:५६

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार मसान्तसम्म मल अभावको समस्या समाधान हुने दावी गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मल आपूर्तिको प्रयास भइरहेको जनाएको हो । मल खरिदका लागि कृषि सामाग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ । ‘असार मसान्तसम्म कुल एक लाख ९२ हजार मेट्रिकटन मल आईपुग्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन यूरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।’ आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन यूरिया छ ।
यस्तो छ मन्त्रालयको विज्ञप्ति

नेपाल सरकारले विभिन्न बालीहरूकोलागि आवश्यक आधारभूत पोषक तत्वका रुपमा रहेको नाइट्रोजन, फोस्फोरस र पोटास तत्व उपलब्ध गराउने रासायनिक मलहरूमा लागत सहभागिताका आधारमा किसानहरूलाई अनुदान उपलब्ध गराउने नीति लिदै आएको छ।

यसै नीति अनुसार सरकारले युरिया, डिएपी र एमओपी मलहरू अनुदानित सुलभ मूल्यमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ। अनुदानमा रासायनिक मल उपलब्ध गराउनको लागि बालीमा मलको महत्व र सरकारको आर्थिक क्षमता समेतका आधारमा वार्षिक रुपमा बजेट वक्तव्य मार्फत निश्चित रकम विनियोजन गर्ने गरेको छ।

आर्थिक वर्ष २०७८र७९ को लागि रासायनिक मलमा अनुदानको लागि १५ अर्ब रूपैयाँ विनियोजन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज आपूर्तिका लागि निरन्तर प्रयासरत रहे पनि विश्व बजारमा आएको मलको मूल्यको उतार चढावको कारणले मल आपूर्तिमा असहजता भएको छ।

ष्लखयतभअज
यस अवधीमा मल आपूर्तिकोलागि कृषि सामग्री कम्पनी लिमिटेडको तर्फको १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनको तर्फबाट १ लाख १७ हजार मेट्रिक टन गरी जम्मा दुई लाख २२ हजार मेट्रिक टन रासायनिक मल विभिन्न आपूर्तिकर्ताहरूले सम्झौताको समयावधिभित्र उपलब्ध नगराएकोले मल आपूर्तिमा अभाव सृजना भएको मन्त्रालय जनाएको छ।

समयावधि भित्र मल उपलब्ध नगराउने त्यस्ता आपूर्तिकर्ताहरूको ठेक्का रद्ध गरी कारवाही प्रक्रियामा समेत अगाडी बढाएको अवस्था छ। यो अविधिमा १ लाख मेट्रिक टन युरिया, ४४ हजार ७ सय मेट्रिक टन डिएपि र ७,५०० मेट्रिक टन एमओपि आपूर्ति भइसकेको छ।

नियमित रुपमा ग्लोबल टेण्डरको अलावा प्रमुख बालीको सिजनमा हुने मल अभावलाई कम गर्न र रासायनिक मलको सहज आपूर्ति र उपलब्धता गराउने अध्येयका साथ नेपाल सरकारले भारत सरकारसँग सरकार(सरकार प्रक्रियाबाट आगामी पाँच वर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपि मल खरिद गर्ने गरी सम्झौता गरेको छ।

लष्अ
धानबालीको सिजनमा मलको आपूर्तिलाई सहजता प्रदान गर्न यस आवको लागि एक लाख ५० हजार मेट्रिक टन रासायनिक मल भारत सरकारबाट यसै सम्झौता अन्तर्गत खरिद गर्न प्रयास भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ।

यस सम्झौता अन्तर्गत खरिद प्रक्रिया अगाडि बढाउन नेपाल सरकारको तर्फबाट कृषि सामग्री कम्पनी र भारत सरकारबाट राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर लिमिटेडलाई मल खरिद प्रक्रियाको लागि तोकिएको छ। दुवै कम्पनीहरूबीच विभिन्न चरणमा वार्ता र छलफल भई खरिद सम्झौता अन्तिम चरणमा छ।

केही समयदेखि विश्वव्यापी रूपमा रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र वृद्धि भएकाले पनि सहज आपूर्तिमा ठूलो व्यावधान आएको छ। साथै, यसमा अप्रत्यासित वृद्धि देखिएको छ।

गत आवको जेष्ठ महिनामा औसतमा युरियाको मूल्य करिब ५५ रूपैयाँ प्रति केजी र डिएपिको मूल्य करिब ८२ रूपैयाँ प्रति केजी रहेकोमा हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य करिब ९८ रूपैयाँ प्रति केजी र डिएपिको मूल्य करिब १५० रूपैयाँ प्रति केजी पुगेको छ।

रासायनिक मलको आपूर्ति श्रृङ्खलामा आएको व्यवधानका कारण आशातित आपूर्ति हुन नसके पनि हालको अवस्था निम्न अनुसार रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

१. साल्ट ट्रेडिङ कर्पोरेशनले खरिद गर्ने मध्ये २० हजार मेट्रिक टन डिएपी प्राप्त भइरहेकोस २२ हजार मेट्रिक टन युरिया जेष्ठ अन्तिम हप्तादेखि प्राप्त हुन सुरु हुने।

२. कृषि सामग्री कम्पनीले खरिद गर्ने मध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्तादेखि प्राप्त हुन सुरू हुनेस २० हजार मेट्रिक टन डिएपी असारको तेस्रो हप्तादेखि प्राप्त हुन सुरू हुने र २० हजार मेट्रिक टन डिएपी असार अन्तिम हप्तादेखि प्राप्त हुन सुरू हुने।

३. सरकार(सरकार माध्यमबाट भारतबाट मल खरिद अन्तर्गत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्त सम्ममा प्राप्त हुने।

प्रतिक्रिया दिनुहोस्