मंगलबार सेयर बजारको परिसूचक नेप्से ४५.५९ अंकले घटेको छ । सरकारले नयाँ आर्थिक वर्षको बजेट घोषणा गरेदेखि निरन्तर घटीरहेको बजार मंगलबार पनि पुनः ठूलो अंक्ले घटेको हो । मंगलबारको बजारको पहिरोपछि परिसूचक २०२० अंकमा झरेको छ ।
यो संगै १० महिनामा शेयर बजारमा आएको गिरावट ११ सय ७८ अंकको पुगेको छ । राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गरेपछि सुरु भएको बजारको फलडाउन अझै निरन्तर देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्