अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिपछि तरलता अभावको समस्या हट्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावलाई असर गरिरहेको नीतिगत व्यवस्थालाई मौद्रिक नीतिले सुधार्ने बताए ।
‘अहिले तरलता अभावमा केही नीतिगत कुराले पनि असर गरेको छ,’ शर्माले भने, ‘मौद्रिक नीतिले मिल्नेसम्मका व्यवस्था सुधार गर्नेछ।’
प्रतिक्रिया दिनुहोस्