३० जेष्ठ ।
डलरको बिक्री मूल्यले नयाँ उचाई छोएसंगै नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि डलरको बिक्री मूल्य १२४ रुपैयाँ ८४ पैसा तोकेको छ । जुन हालसम्मै उच्च हो । यस अघि गत २६ जेठमा डलरको बिक्री मूल्य १२४ रुपैयाँ ८० पैसिा थियो । नेपाली रुपैयाँको तुलनामा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै बलियो बनेपछि यसको असर अर्थतन्त्रको चौतर्फी देखा पर्नसक्ने चिन्दा विज्ञको छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो । राज्यको ठूलो धनराशी अयातमा खर्च हुनेभएकाले डलरको महँगीले शोधानान्तर घाटालाई थप बल पु¥याउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्