नेपाल राष्ट्र बैंकले आइतबारका लागि डलरको नेपाली बजारमा बिक्री मूल्य १२५ रुपैयाँ ६६ पैसा तोकेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ केही समय देखि हालसम्मकै बलियो बन्दै गएपछि त्यसको असर अर्थतन्त्तमा देखिन थालेको छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो । राज्यको ठूलो धनराशी अयातमा खर्च हुनेभएकाले डलरको महँगीले शोधानान्तर घाटालाई थप बल पु¥याउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्