१२ आश्विन २०७९, बुधबार

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दलको सार्वजनिक सूचना

काठमाडौं जर्नली संवाददाता , २५ श्रावण २०७९, बुधबार १७:२४

११ साउन,काठमाडौं ।

नेपाल सरकारको निर्वाचन आयोगसंग सम्बन्धित एकीकृत ऐन २०७३ को राजनीतिक दल सम्बन्धी नियम २५ को उपधारा (१) संग सम्बन्धित र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ बमोजिम यस दलको संघीय कार्यकारिणी समितिको समानुपातिक समावेशी प्रतिनिधित्व विवरण राजनीतिक दल सम्बन्धी एन २०७३ को दफा ५१ र ५३ को बमोजिम अद्यवधिक र अभिलेखीकरण गर्न तथा केन्द्रिय पदाधिकारी सदस्यहरुको सम्पति विवरणसमेत सार्वजनिक प्रकाशन गर्नु पर्ने कानूनी व्यवस्था बमोजिम यस दलको २०७८/०७९ को आय-व्ययको लेखापरीक्षणसमेत गराई, प्रतिवेदनसहित आवश्य सम्पूर्ण विवरण निर्वाचन आयोग कान्तिपथमा प्रस्तुत गरिएको सार्वजनिक जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।
वि.स.२०७८/३/२८ देखि २०७९/३/३२ सम्मको विवरणमा आधारित देहाय बमोजिमको केन्द्रीय पदाधिकारी सदस्यहरुका व्यक्तिगत विवरण, निजहरुको सम्पत्ति विवरण र राष्ट्रिय मुक्ती आन्दोलन नेपालको २०७८/०७९ को आय-व्ययको लेखापरिक्षण प्रतिवेदन नियम बमोजिम तयार गरी बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्