१२ आश्विन २०७९, बुधबार

वाणिज्य मन्त्रालयले अड्काएको गाडी आयात खुल्यो

काठमाडौं जर्नली संवाददाता , २ भाद्र २०७९, बिहीबार ०१:४७

२ भदौ, काठमाडौं । वाणिज्य मन्त्रालयले अड्काएको गाडी आयात खुलुको छ । बुधबार सरकारले राजपत्रमा एक सूचना जारी गर्दै वैशाख १३ अघि एलसी खुलेका गाडीको आयातमा प्रतिबन्ध लागू नहुने स्पष्ट पारेको हो ।

नयाँ राजपत्रमा सरकारले विलासिताका १० वस्तुको आयातमा रोक लगाउने निर्णय लिनु अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएका मालवस्तु भित्र्याउन पाइने भनेको छ । यससँगै भन्सारमा रोकिएका ९ सय गाडीको जाँचपास खुला हुने भएको छ । वाणिज्य मन्त्रालयले झुलाउँदा चाडपर्वको मुखैमा भन्सारमा पौने ५ अर्ब रुपैयाँ बराबरको गाडी रोकिएको व्यापारीहरुको गुनासो छ ।

व्यवसायीले विभिन्न मुलुकबाट आयात गरेर भैरहवा र वीरगञ्ज नाकामा ल्याइपुर्‍याइएको सवारी साधन वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना संशोधन नगरेका कारण रोकिएका थिए । भन्सार नाकामा ९ सय हारहारी कार र जीप अलपत्र रहेको व्यवसायीले बताएका छन् । व्यवसायीले असार मसान्तमा राजपत्रमा प्रकाशित त्रुटी सच्याउन माग गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्