२ भदौं, काठमाडौं ।
सामाजिक सुरक्षा कोषले निजी क्षेत्रका श्रमिकका लागि विशेष सापटी कार्यक्रम घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार अब कोषमा योगदान गरेको तीन वर्ष पुगेका श्रमीकले योगदानको ८० प्रतिशतसम्म सापटी पाउने छन् ।
‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि (२०७७) ले श्रमिकले आफूले सामाजिक सुरक्षाबापत योगदान गरेको रकमबाट सापटी पाउने बाटो खोलेको थियो । मंसिर २०७७ मा मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार सामाजिक सुरक्षा कोषले अब १२ किसिमका कर्जा तथा सापटी रकम परिचालन गर्नसक्छ ।
समाजिक सुरक्षा कोषमा अनुसार अवकास योजनामा योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म रकम सापटीका रुपमा लिन पाइने छ । तर, योगदान गरेको ३ वर्ष पुगेका श्रमिकले मात्रै यो सुविधा पाउनेछन् ।
कोषका एक अधिकारीका अनुसार ५० हजार वा योगदान रकमको ८० प्रतिशतसम्मको रकमका जुन रकम बढी हुन्छ, त्यसकै आधारमा सपाटी प्रदान गरिने छ ।
कोषले श्रमिक र रोजगारदाताबाट जम्मा हुने पारिश्रमिकको ३१ प्रतिशतमध्ये २८.३३ प्रतिशतभित्रबाट अवकासतर्फको हिस्सा पनि छुट्याएर त्यसकै आधारमा सापटी परिचालन गर्नेछ ।
हालसम्म १७ हजार २७४ रोजगारदाता र ३ लाख ५२ हजार ९२४ जना श्रमिक यो कोषमा आवद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्