१२ आश्विन २०७९, बुधबार

गहुँको प्रतिबन्ध फुकुवा गर्न भारतलाई पत्राचार

काठमाडौं जर्नली संवाददाता , ९ भाद्र २०७९, बिहीबार ०१:५३

९ भदौं, काठमाडौं ।
सरकारले गहुँको प्रतिबन्ध खुला गर्न आग्रह गर्दै भारतलाई पत्र लेखेको छ । बुधबार भारतलाई यसबारे पत्र लेखिएको मन्त्रालयले जनाएको छ । यसअघि भरतले नेपाललले आयात गर्ने गहुँको कोटा सरकारसंग मागेको थियो ।

नेपालका मैदा मिलहरु समस्या पर्न थाले पछि भारतलाई यस्तो पत्र लेखिएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बताए । ‘भारतलाई गहुँको आयात खुलाउन पत्राचार गरिएको छ । ’ रेग्मीले भने । गहुँ लगायतका खाद्य वस्तुको आयात खुलाउने विषयमा सहजीकरण गर्न नेपालस्थित भारतीय राजदूतसंग मन्त्रालयले पटक पटक छलफल गरेको पनि उनले दाबी गरे ।


विश्वमा खाद्य संक्ट निम्तिन सक्ने भन्दै भारतले ३० वैशाख २०७९ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले देशका मैदा उद्योगहरु प्रभावित छन् । नेपाल मैदा उद्योग संघकाअनुसार नेपालमा ३६ वटा मैदा मिल सञ्चालनमा छन् ।

चालु आर्थिक वर्षका लागि लगभग १० लाख टन गहुँ आवश्यक पर्ने भन्दै संघले घरेलु उत्पादनले मात्र नेपालको मागलाई धान्न नसक्ने बताएको छ । ‘३५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी गहुँ आयात गर्नु पर्ने बाध्यता छ’ संघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्