९ भदौं, काठमाडौं ।
अर्थ मन्त्रालयले प्रमुख भन्सार नाकाहरुमा कर्मचारी हेरफेर गरेको छ । त्रिभुवन विमानस्थल प्रमुख महेश भट्टराईलाई विभाग तानेर उपमहानिर्देशकको भूमीका दिइएको छ भने विमानस्थलमा वीरगन्जका अरुण पोख्रेललाई पठाइएको छ ।
यस्तै वीरगन्जमामा यस अघि महालेखा परिक्षकको कार्याल्यमा रहेका नवराज ढुंगानालाई जिम्मेवारी दिइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक रहँदा भट्टरार्ईले झिटी गुण्टा सुविधाको दुरुपयोग गर्दै सुन तस्करी गर्नेलाई कडाइ गरेका थिए ।
उनको सरुवाका लागि सुन व्यापारी देखि राजनीतिक दलसमेत कम्मर कसेर लागेका थिए । निर्वाचन घोषणा भइसके पछिको अवस्थामा प्रमुख दुई भन्सारमा भएको हेरफेरलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्