१२ आश्विन २०७९, बुधबार

भैरहवा विमानस्थलबाट हवाई कार्गो सेवा सुरु गर्न गृहकार्य

काठमाडौं जर्नली संवाददाता , ९ भाद्र २०७९, बिहीबार ०३:०१

९ भदौ, काठमाडौं ।
दोस्रो अन्तरािष्ट्रय विमानस्थल भैरहवाबाट काग्रो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन् । गत जेष्ठ २ गतेबाट संचालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ ।

सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिख देखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन् । टर्कीको पिगासस एअरवयजको समेत नेपालको कार्गो प्रतिनिधि रहेको टपलाइन वोल्र्डवाइड कार्गोका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले भैरहवाबाट काठमाडौँ , कुवेत , साबिया हुदै यूरोप , अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादन भएको सामानहरुलाई हवाई कार्गो मार्फत पठाऊन सकिने बताए ।

गौतम बुद्ध अन्तराष्ट्रिय एअरपोर्ट हुदै हवाई कार्गो मार्फत सामान विदेश निर्यात गर्नको लागि गत गभदौं ३ गते सेक्युर फ्रेट इन्टरनेशनल प्रा लिका प्रबन्ध निर्देशक ईश्वर बहादुर गुरुङ र टपलाइन वोल्र्डवाइड कार्गो प्रा। लि। का सेल्स एण्ड मार्केटिङ मेनेजर राजेन्द्र बानिया सो अन्तराष्ट्रिय एअरपोर्टको स्थलगत अवलोकन भ्रमण गरेका थिए । यस क्रममा उद्योगी, ब्यबसायीहरुको टोलिसंग अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्