१२ आश्विन २०७९, बुधबार

पाँच महिनामै वाणिज्यका महानिर्देशक शर्माको सरुवा

काठमाडौं जर्नली संवाददाता , १७ भाद्र २०७९, शुक्रबार ०२:१८

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको सरुवा भएको छ । विभागमा महानिदेशकको रुपमा जिम्मेवारी सम्कालेको ५ महिनामै शर्माको सरुवा भएको हो । उनी गत चैतमा विभागको जिम्मेवारीमा आएका थिए।

यस अघि सहकारी बोर्डमा रहेका शर्मालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । विभागको नेतृत्वमा कसलाई पठाउने भन्ने अझै अन्यौल छ । दशैंको मुखैमा बजार अनुगमन चुस्त बनाउनु पर्ने बेलामा महानिर्देशकको सुटुक्क सरुवाले आशंका जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्