१२ आश्विन २०७९, बुधबार

दशैंको मुखैमा उपभोक्तालाई मूल्य बृद्धिको उपहार

काठमाडौं जर्नली संवाददाता , १७ भाद्र २०७९, शुक्रबार ०२:३६

१७ भदौ, काठमाडौं । सरकारले दशैं तिहार र छट जस्ता ठूला पर्वको मुखैमा इन्धनको मूल्य बढाएको छ । समग्र मूल्य बृद्धिलाई मलजल पुग्ने गरी निगमले बहिीबार रातीबाट लागू हुनेगरी डिजेल र मटीतेलको मूल्य लिटर मै ६ रुपैयाँले बृद्धि गरेको हो ।

इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्