१२ आश्विन २०७९, बुधबार

भैरहवा विमानस्थलबाट पहिलो कार्गो कुवेत हुँदै फ्रान्स पुग्यो

काठमाडौं जर्नली संवाददाता , १७ भाद्र २०७९, शुक्रबार ०२:५२

मुलुकको दोस्रो अन्तराष्ट्रिय विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु भएको छ । गत शनिबार पहिलो पटक विमानस्थलबाट कुवेत हुँदै कार्गो ढुवानी भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार हिमालेक्स ट्रेडर्सले गत शनिबार जजिरा एयरमार्फत कार्गो भैरहवाबाट कुवेत हुँदै फ्रान्स पु¥याएको हो । विमानस्थलकाअनुसार नयाँ थप भएको न्यु जजिरि जे ९ जहाजले पनि कार्गो सेवा सुरु गरेको छ । अब भैरहवाबाट पनि नियमित रुपमा कार्गो सेवा सुरु हुने विमानस्थलले जनाएको छ । यहाँबाट कार्गो सेवा सुरु गर्नेबारे केही दिन निजी क्षेत्रका कार्गो व्यवसायीहरुले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्