१७ भदौ, काठमाडौं । ठगी मुद्धा झेलिरहेका व्यवसायी इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धिकरण आरोपमा पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तामाङमाथि आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैंया गैरकानूनी आर्जन गरेको अभियोग लगाएको हो ।
विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैंया विगो मागदावी गरेको छ । शाक्यले तामाङसँग कानूनी रुपमा सम्बन्धविच्छेद गरेकी छन् । तामाङको घर, जग्गा, सम्पत्ति जफतको माग समेत छ । उनीहरुविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ ।
प्रतिक्रिया दिनुहोस्