१२ आश्विन २०७९, बुधबार

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन धितोपत्र नियमावली संशोधन

काठमाडौं जर्नली संवाददाता , २४ भाद्र २०७९, शुक्रबार ०१:३२

२४ भदौं, काठमाडौं ।
नेपाल सरकारले ३० प्रतिशत सर्वसाधारणको लगानी हुने गरी स्टक एक्सचेञ्जको लाइसेन्स दिन सक्ने गरी धितोपत्र बजार सञ्चालन नियमावली संशोधनलाई स्वीकृत गरेको छ ।

२१ भदौमा बसेको मन्त्रिपरिषद् बैंठकले धितोपत्र बजार सञ्चालन नियमावली २०६६ को संशोधनलाई स्वीकृत गरेको हो ।

गत १६ भदौमा बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली संशोधनसम्बन्धी निर्णय गर्दै संशोधन मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरेको थियो । धितोपत्र बोर्डको सञ्चालक समितिले निर्णय गरेर पठाएको नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृति गरेर कार्यान्वयनका लागि बोर्डमा पठाएको छ ।

बोर्डले नियमावली संशोधन गर्दै नयाँ स्टक एक्सचेञ्जका लागि चुक्ता पूँजी करोडबाट बढाएर ३ अर्ब पुर्‍याएको छ । अब नयाँ खुल्ने स्टक एक्सचेञ्जको न्यूनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुने र ३० प्रतिशत सार्वजनिक निष्कासन गरी सर्वसाधारणको सेयर स्वामित्व कायम गर्नुपर्ने गरी नियमावली संशोधन भएको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्