१२ आश्विन २०७९, बुधबार

आर्थिक ऐन संशोधन, ६ प्रकारका भन्सार र करका दर फेरिए

काठमाडौं जर्नली संवाददाता , २४ भाद्र २०७९, शुक्रबार ०१:४१

२४ भदौं,काठमाडौं ।

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन गरेको छ । २१ भदौको मन्त्रिपरिषद् ऐन संशोधन गर्दै ६ प्रकारका वस्तु तथा सेवाको भन्सार तथा करका दरहरु हेरफेर गरेको हो । संशोधित करका दर र महशुल बिहीबार राजपत्रमा प्रकाशित भएको छ ।
२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार दर तथा अन्तःशुल्क घटाएको हो ।

बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार जीआई वायर रडको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको छ ।

यस्तै जीआई वायरमा लाग्दै आएको अन्तःशुल्क ३ हजार ५ सय रुपैयाँबाट घटाएर २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यस्तै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, सस्र्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई बढाएर ९० प्रतिशत पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्