१२ आश्विन २०७९, बुधबार

राष्ट्र बैंकले रिपोमार्फत बजार पठायो २० अर्ब

काठमाडौं जर्नली संवाददाता , २४ भाद्र २०७९, शुक्रबार ०१:४८

२४ भदौं, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले रिपोमार्फत बजारमा २० अर्ब रुपैया तरलता पठाउने भएको छ ।
१४ दिन अवधिको उक्त रिपोमा बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकममा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपो र २५ अर्बको ओभरनाइट पर्चेज मार्फत बैंकमा तरलता पठाइसकेको छ । यस्तै स्थायी तरलता सुविधा ९एसएलएफ० र ओभरनाइट रिपोमार्फत २१ भदौसम्म १४ खर्ब ५० अर्ब ८० करोड ३० लाख रुपैयाँ गरी चालु आर्थिक वर्षमा १५ खर्ब ५ अर्ब ८० करोड ३० लाख रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्