१२ आश्विन २०७९, बुधबार

Tag: पेन्ट

पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत बनाउन माग

पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत बनाउन माग

पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत बनाउन नेपाल पेन्ट उद्योग संघले सरकारसंग माग गरेको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा पदार्थ आयातमा फरक–फरक शुल्क भएको भन्दै विदेशी पेन्ट कम्पनीसँग प्रतिष्पर्धा गर्नका लागि भन्सार शुल्क घटाउनु पर्ने बताए । ‘विदेशी पेन्ट र कच्चा पदार्थ आयातमा समान ३० प्रतिशत भन्सार शुल्क छ,’ उनले भने, ‘यसले विदेशी पेन्टसँग प्रतिष्पर्धा गर्न गाह्रो भयो ।’ कच्चा पदार्थ आयातमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क हुन नहुने उनको माग छ । ‘नेपालमा ५० वटाभन्दा बढी पेन्ट उद्योग छन् । ती उद्योगमा २८ सयभन्दा बढी श्रमिक कार्यरत छन्,’ उनले भने, ‘यस क्षेत्रलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थमा एउटै प्रकारका हर्मोनाइज कोडको व्यवस्था र एउटै भन्सार शुल्क कायम गर्नुपर्छ ।’ साखःले अनुसार एक्रिलिक पोलिमरको आयातमा सरकारले ...