
भारतको चेन्नइमा आइफोन १३ को उत्पादन सुरु
भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको छ ।
एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो । एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको छ । भारतमा आइफोन १३ को उत्पादन सुरु भएसँगै अफ मेड इन इण्डिया फोन छिटै बजारमा आउने र भारतलाई आइफोन उत्पादनको हब बनाउने अनुमान गरिएको छ । भारत अहिले विश्वको दोश्रो ठूलो स्मार्टफोन बजार हो ।
...